AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको अरनिको कलेजको कविता प्रतियोगिता स्पर्धामा अभिषेक र आयुष प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०८२, सोमबार ०८:४८
207
Shares
विराटनगर / विराटनगरस्थित अरनिको कलेजमा छुट्टै माहोल थियो । हलभरि भेला भएका विद्यार्थी कोही ताली बजाएर हुटिङ गरिरहेका थिए त कोही कविता सुनाउँदै थिए ।

विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित खुल्ला कविता प्रतियोगिताले अरनिको कलेज साहित्यमय बनेको थियो । नेपाली र अंगेजी दुवै भाषामा बेग्ला–बेग्लै आयोजित प्रतियोगितामा ३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै अंग्रेजी भाषातर्फ अभिषेक साह र नेपाली भाषातर्फ आयुष पोखरेल प्रथम भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार भरत बर्बरिङ सम्मिलित निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो ।

प्रतियोगितामा अंग्रेजी भाषातर्फ नेहाकुमारी झा द्वितीय हुँदा जावेद अख्तर र आरोही ढकाल तृतीय भए । निर्णायक समितिले अख्तर र ढकालको बराबरी नम्बर आएका कारण दुवैलाई तृतीय पुरस्कार दिने निर्णय गरेको थियो ।

त्यस्तै नेपाली भाषातर्फ सुम्निमा न्यौपाने द्वितीय हुँदा मनास्लु कोइराला तृतीय भइन् । प्रतियोगितामा सहभागी विद्यार्थीले राजनैतिक विकृति, विसंगति, भ्रष्टाचार, जातीय विभेद, गरिबी, युवा पलायन, बलात्कारलगायतका विषयमा केन्द्रित रहेर लेखेका कविताहरू वाचन गरेका थिए ।

क्याम्पसका निर्देशक भरतराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल राजेश कार्की, निर्देशक उमेन्द्र लुइँटेल, डा. भविन्द्र निरौला, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराई, निर्णायकद्वय मीनकुमार नवोदित, भरत बर्बरिकलगायतले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता मञ्च महत्वपूर्ण हुने बताए । उनीहरूले आफूभित्र रहेको प्रतिभालाई उजागर गर्न विद्यार्थीलाई आग्रहसमेत गरे ।

कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा रहेको अरनिकोले बेला–बेला कवितासहित वादविवाद, वक्तृत्व, हाजिरीजवाफ, गायन, नृत्य, खेलकुदलगायतका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राख्दै आएको प्रिन्सिपल कार्कीले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर