खबर पूर्वाञ्चल
रतुवामाई–३ को वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच साना किसान कृषि सहकारी संस्था लिमिटेडको सवै व्यवस्थापन र दायीत्व हस्तान्तरण गरिएको हो ।
सो संस्थाको प्रवद्र्धकका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ रहेको छ । सो अवसरमा रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वरप्रसाद सिंहले पानसमा दियो बालेर कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा बोल्दै नगर प्रमुख सिंहले मुलुकको कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान ठुलो रहेको बताउँदै सहकारी विना समृद्धिको कल्पना गर्न नसकिने बताए ।
कार्यक्रममा नगर प्रमुख सिंहले साना किसान कृषि सहकारी संस्था लिमिटेड रतुवामाई–३ महादेवाको प्रमाणपत्र वितरण गर्दै व्यवस्थापन हस्तान्तरण गरे । यस अघि उक्त संस्था साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ मोरङको मातहत रहेका थियो।
अब उक्त संस्था शनिबारदेखि औपचारीक रुपमा स्वायत्त संस्थाको रुपमा काम गर्ने प्रवद्र्धक संस्थाका मुख्य प्रवन्धक ऋषिकुमार ढकालले जानकारी दिए । सो अवसरमा साना किसान सहकारी संस्था लिमिटेड सिजुवा, साना किसान सहकारी संस्था लिमिटेड महादेवा र सानाकिसान लघुवित्त वित्तिय संस्था शाखा कार्यालय इटहरी बीच भएको त्रिपक्षिय सम्झौता समेत हस्तान्तरण गरिएको छ ।
उक्त सम्झौताको फायल साना किसान सहकारी संस्था लिमिटेड सिजुवाका अध्यक्ष द्रोणबहादुर पौडेल, साना किसान सहकारी संस्था लिमिटेड रतुवामाई–३ महादेवाका अध्यक्ष शुशिलादेवी ताजपुरिया र साना किसान विकास लघुवित्त वित्तिय संस्था शाखा कार्यालय इटहरीका प्रवन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरिएको थियो ।