AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजमा सिए सम्बन्धी एक दिने अभिमुखीकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ मंसिर २०८२, बिहीबार १६:४७
99
Shares
विराटनगर / शैक्षिक उत्कृष्टताको प्रतीक बन्दै आएको विराटनगर १० मा रहेको कान्तिपुर कलेजले विद्यार्थीहरूलाई चार्टर एकाउन्ट (सिए) सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।

कलेजले नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान) सँगको सहकार्यमा एकदिने सिएसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

विराटनगरमा बिहीबार भएको सिए शिक्षाको परामर्शात्मक कार्यक्रममा कान्तिपुर कलेजका शिक्षक तथा छात्र(छात्राहरूले आफ्ना जिज्ञासा प्रस्तुत गरेका थिए ।

अन्तरक्रियात्मक कार्यक्रममा आइक्यानका सिए युवराज उप्रेती, शाखा अधिकृत जेबी भुटिया र बन्दना थापाले अभिमुखीकरणको सहजिकरण गरेका थिए । उनीहरुले सिए भर्ना प्रक्रिया, नेपालमा सिएतर्फको दक्ष जनशक्तिको अवस्था र उनीहरूको भविष्यलगायत विषयमा विद्यार्थीहरूलाई प्रष्ट पारे।

 

कार्यक्रममा कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले स्थापना कालदेखि वर्तमान समयसम्म कान्तिपुरबाट सिए उत्तीर्णका साथै सिए अध्ययन गरिरहेका विद्यार्थीहरूका बारेमा प्रकाश पारेका थिए ।

विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा अध्यापन हुने कान्तिपुरले दक्ष जनशक्ति उत्पादन, सिपमुलक सिकाइमा जोड, प्रयोगात्मक शिक्षामा अग्रसरता देखाएको कारणले नै प्रत्येक वर्षको नतिजाहरूमा कोशी प्रदेशकै सर्वोत्कृष्टता प्राप्त गर्दै आइरहेको छ ।

विशेषगरी विज्ञान संकायमा कलेजले प्रयोगात्मक अध्ययन, अनुभवी शिक्षकहरू, अन्तरक्रियात्मक पठनपाठन र प्रविधिमैत्री शैक्षिक वातावरणद्वारा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै आएको छ ।

आधुनिक विज्ञान प्रयोगशाला, अनुसन्धानमुखी पाठ्यक्रम र निरन्तर परामर्शद्वारा कलेजले देशको शिक्षा प्रणालीमा उदाहरणीय स्थान कायम राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर