खबर पूर्वाञ्चल
विराटनगर /निर्वाचन आयोगमा आफैले पार्टी विगठन गरेको घोषणा गरेको र अहिले अस्तित्वमा नरहेको नेकपा (एकीकृत समाजवादी) ले विराटनगर महानगर कमिटी बनाएको छ ।
एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत महानगर संयोजकसहितका नेताहरू एमालेमा प्रवेश गरेपछि एकीकृत समाजवादीले तत्कालै नयाँ कमिटी पुनर्गठन गरेको छ ।सोमबार एमाले कोशी प्रदेश कमिटीको बैठकमा एकीकृत समाजवादीका महानगर संयोजक वीरेन्द्र यादवसहितका नेताहरू पार्टीमा सामेल भएपछि सिङ्गो महानगर कमिटी नै समाहित भएको थियो ।
एकीकृत समाजवादीले राजेन्द्र सुवेदीको संयोजकत्वमा ६१ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन गरेको छ । नवगठित कमिटीको सहसंयोजकमा कुमार तिवारी र मञ्जु पौडेल, सचिवमा किशन भगत, तथा सहसचिवमा विन्देश्वरलाल दास र अनवारुल साफी चयन भएका छन् ।
पार्टी एकतामा आफ्नो भागमा बिराटनगर महानगर कमिटीमा कोहि सामेल नहुने भएपछी भागबन्डामा कुनै पद पाउनको लागि यसो गरिएको हुन सक्ने आकलन गरिएको छ ।