खबर पूर्वाञ्चल
गुणस्तरीय शिक्षा र नियमित उत्कृष्ट नतिजाका कारण विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल बनेको यस कलेजले आज एक कार्यक्रमबीच १ हजार ५३ जना विद्यार्थीलाई अभिमुखिकरण गराएको हो।


कार्यक्रमको प्रमुख आकर्षण मोटिभेसनल स्पीकर डा. नवीन शर्मा रहेका थिए। उनले विद्यार्थीहरूलाई कसरी लक्ष्य निर्धारण गर्ने, नियमित अध्ययन कसरी गर्ने र उत्कृष्ट नतिजा ल्याउन सकिने बारेमा मार्गदर्शन गरेका थिए। उनले भने, ‘सपना देख्नुस्, त्यसलाई साकार पार्न निष्ठा र निरन्तरता चाहिन्छ। तपाईंसँग सामर्थ्य छ, त्यसलाई सदुपयोग गर्नुहोस्।’ सोहि अवसरमा कलेजमा भर्ना भएको एईई ४ जिपिए ल्याउँने विद्यार्थी र प्रवेश परीक्षामा उत्कुष्ट हुने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।
अभिमुखिकरण कार्यक्रम शिक्षादीप कलेजका अध्यक्ष तथा प्रदेशसभा सदस्य भीम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।
यसैबीच, कलेजले व्यवस्थापन संकायमा पनि अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । उक्त संकायमा यस वर्ष ३ सय विद्यार्थीले भर्ना प्रक्रिया पूरा गरिसकेको कलेजले जनाएको छ।
विगतदेखि नै नतिजामूलक शिक्षामा केन्द्रित रहँदै आएको शिक्षादीप कलेजले शिक्षामा अनुशासन, दक्ष शिक्षक समूह र प्राविधिक पूर्वाधारमार्फत विद्यार्थीलगायत अभिभावकको विश्वास जित्दै आएको छ।