AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुन ५१७ जनाले दिए विराटनगरको एभरेष्टमा प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ असार २०८२, बुधबार १६:०४
297
Shares
विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना हुन लागि ५१७ जनाले आज प्रवेश परीक्षा दिएका छन् ।

सिमित सिटमा मात्र भर्ना लिने एभरेष्टले विज्ञान र व्यवस्थापन संकायका लागि प्रवेश परीक्षा लिएको हो । एभरेष्ट कलेजले विज्ञान संकायमा चार सेक्सनका लागि १४० जना र व्यवस्थापन संकायको तीन सेक्सनमा १०५ जना मात्र विद्यार्थी भर्ना लिइने बताएको छ ।

प्रवेश परीक्षा दिने विद्यार्थीहरूमा ४ जीपीए ल्याउने ५ जना प्रेम खतिवडा, कृति गोयल, श्रेय शर्मा, संयोग भट्टराई र अर्पण रोयले प्रवेश परिक्षा दिएका हुन् ।

एभरेष्टले एउटा कक्षा कोठामा ३५ जना मात्र विद्यार्थी अध्यापन गराउँदै आएको छ भने कक्षा कोठालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वातानुकुलित, पूर्ण डिजिटलाइज बनाएको छ । यस्तै प्रविधिको पूर्ण उपयोग गरेको छ ।

सुविधा सम्पन्न भौतिक संरचना, अनुभवी प्राध्यापकहरु, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण तथा पर्याप्त खेलकुद र अतिरिक्त कृयाकलापले विद्यार्थी तथा अभिभावकलाई मोहित बनाउँदै आएको छ । ‘हामी विद्यार्थीको संख्या धेरै बनाउन नभई हाम्रा विद्यार्थीलाई अब्बल बनाउन चाहन्छौं’ प्रिन्सिपल टिकाराम पुरीले भने,‘हामी हाम्रो कोटा अनुसार मात्र विद्यार्थी भर्ना लिनेछौं ।’

यस्तै एभरेष्टले यस वर्षदेखि विद्यार्थीलाई युग सापेक्ष अघि बढ्न एआई (कृतिम बौद्धिकता) , साइबर सेक्यूरिटी लगायतका विषयको समेत कक्षा सञ्चालन गर्ने भएको छ । हरेक विद्यार्थीको शैक्षिक उन्नयन रोकिन नपाओस् भन्नका लागि ‘माई सेकेण्ड टिचर’ एप्लिकेशनको उपयोग गरेको छ । जसबाट विद्यार्थीहरुले मोबाईल तथा ग्याजेटका माध्यमबाट कलेजमा सिकेका कुराहरुलाई दोहो¥याई–दोहो¥याई अध्ययन गर्ने तथा अभ्यास गर्न पाउने कलेजले जनाएको छ । माई सेकेण्ड टिचरले विद्यार्थीहरुलाई नबुझ्दा सम्म सिक्न प्रेरित गर्ने मात्र नभई ग्याजेटको सहि सदुपयोग गर्न समेत अभिप्रेरित गर्दै आएको छ ।

यसैगरि एभरेष्टले मेडिकल तथा इन्जिनियरिङ फिल्ड रोज्ने विद्यार्थीको लागि ‘प्रि मेडिकल’ र ‘प्रि इन्जिनियरिङ’ कक्षा सञ्चालन गर्दै आएको छ । काठमाडौंका ख्यातिप्राप्त संस्थाहरु नेम र पीईए सँगको सहकार्यमा प्रि कक्षाहरु सञ्चालन गर्दै आएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर