AArya
RUMPUM
animated ellipse animated ellipse

किड्स भिलेज स्कुलमा ग्राजुएसन सेरेमनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ जेष्ठ २०८२, शनिबार १८:२२
180
Shares
विराटनगर / विराटनगर–५, कृषिमार्गस्थित मुनालपथमा रहेको किड्स भिलेज स्कुलले शनिबार आयोजित एक कार्यक्रममार्फत ६२ जना विद्यार्थीलाई दीक्षित गरेको छ। प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गर्ने विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षा प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए। “शिक्षाले मात्र व्यक्तित्व निर्माण गर्दैन, नैतिक मूल्य र मान्यताले पनि चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ,” उनले भने।

विद्यालयका प्रधानाध्यापक विजय दाहालले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउँदै व्यावहारिक शिक्षालाई प्राथमिकतामा राखिएको जानकारी दिए। “हामी केवल किताबी ज्ञानमा सीमित छैनौं, जीवनोपयोगी सीप विकासमा केन्द्रित छौं,” उनले भने।
स्कुलका निर्देशक पंकज जैनले शिक्षकहरूको समर्पण र

अभिभावकहरूको साथले विद्यालयले उल्लेखनीय सफलता हासिल गर्न सकेको बताए। “विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी राखिएको छैन,” उनले प्रष्ट पारे।

कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक प्रस्तुति रह्यो। उनीहरूले सांस्कृतिक नृत्य, फेशन शो र गीतमार्फत अभिभावक, अतिथि तथा दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर