खबर पूर्वाञ्चल
चोरीमा संलग्न व्यक्तिहरूसँगै चोरी गरिएका विभिन्न मोबाइल सेटहरू, ल्यापटपको ब्याट्री तथा चोरीमा प्रयोग गरिने औजारहरू समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
वैशाख १ गते रातिको समयमा अज्ञात समूहले पसल फोडी ल्यापटप, नयाँ तथा पुराना मोबाइल सेटहरू चोरी गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा मोरङको धनपालथान गाउँपालिका–७ का २२ वर्षीय विशाल कुमार सिंहलाई जेठ २७ गते पक्राउ गरिएको थियो।
सिंहको बयानका आधारमा चोरी भएका सामानहरू विराटनगर महानगरपालिका–११ स्थित डेरामा बस्ने २६ वर्षीय रोशनकुमार मण्डलको कोठामा लुकाइएको थाहा पाएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो। प्रहरी टोलीले मण्डलको डेरामा छापा मार्दा विभिन्न कम्पनीका मोबाइल सेटहरू, ल्यापटपको ब्याट्री, मोबाइलको डिस्प्ले र चोरी गर्न प्रयोग हुने औजारहरू फेला पारेको थियो। त्यही डेरामा बस्दै आएका भारतको बिहार राज्य, अररिया जिल्ला निवासी १८ वर्षीय कृष पासवान पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा विराटनगर ११ रोशनकुमार मण्डल, धनपालथान ७ का विशालकुमार सिंह र भारत घर घएका कृष पासवान रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट मोवाइललगायतका सामाग्रीहरु बरामद गरेको छ ।