AArya
RUMPUM
animated ellipse animated ellipse

प्रेम कामतको घातक बलिङले कोशी प्रदेशलाई एमएम कप क्रिकेटमा सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०८२, मंगलवार १४:३४
180
Shares
पुलिसविरुद्ध ब्याटिङ गर्दै कोशी प्रदेशका ब्याटर । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर / प्रेम कामतको घातक बलिङले कोशी प्रदेशलाई तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयस् शुरुवात गरेको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको समुह वि अन्तरगतको पहिलो लिग खेलमा नेपाल पुलिस क्लवलाई ३७ रनले पराजित गर्दै कोशीले विजयी शुरुवात गरेको हो । जित पछि कोशीले २ अंक जोडेको छ ।

टस हारेर ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९ दशमलव ३ बलमा सवै विकेट गुमाई ९३ रनको सामान्य योगफल खडा गरेको थियो । कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन केनन् । पुलिसका सुनिल दौल्यानले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिँदा विपिन कार्की र चित्र विष्टले २–२ विकेट लिए ।

जवाफमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४ दशमलव ५ बलमा सवै विकेट ५६ रनमा सिमित भयो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर ५ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट दिए ।

बुधबार समुह वि को दोस्रो लिग खेल आयोजक कोशी प्रदेश र भरतको आसाम क्लव विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर