खबर पूर्वाञ्चल
हरेक वर्ष झै यस वर्ष पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न र सिकाइलाई व्यवहारिक प्रयोग गर्न एक्जिविसन आयोजना गर्न लागिरहेको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताए । विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक विकासमा वृद्धि गर्ने तथा पाठ्यक्रमद्वारा निर्दिष्ट गरिएका प्रयोगात्मक र जीवनोपयोगी शैक्षिक उपलब्धिहरूसँग विद्यार्थीहरूलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । ‘ज्ञान सीप र रचनात्मकता संग भविष्यको आकार’ भन्ने नाराका साथ हुन लागेको एक्जिविसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञानमूलक विषयवस्तुहरूको प्रदर्शनी गर्ने उनले जानकारी दिए ।
विद्यार्थीहरुको शैक्षिक ज्ञानसँगै सर्वाङ्गिण विकासका लागि एभरेष्टले पर्याप्त वातावरण तयार गरेको उल्लेख गर्दै उनले नैतिकवान् बनाउन मोरलभ्यालु करिकुलमको विकास देखि खुशी रहन उत्प्रेरित गर्ने ह्याप्पीनेस करिकुलमलाई हामीले अवलम्बन गरेको उल्लेख गरे । यस्तै विज्ञानका विषयमा पढेका कुरालाई व्यावहारिक रुपमा उतार्न कारखानासँग सहकार्य गर्दै बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्दै आएको एभरेष्टले कम्प्यूटर सम्बन्धि अन्तर्राष्ट्रिय ज्ञान दिन बेलायतको ‘डीजी स्कुल’ कोर्ष अध्यापन गराउँदै आएको प्राचार्य पुरीले बताए । आफ्ना बालबालिकाले कस्तो सिकाई सिकिरहेका छन् भन्ने बुझ्ने चाहना हरेक अभिभावक तथा आफन्तहरूमा हुने भन्दै एभरेष्ट स्कुलले अवलोकन गरेर विद्यार्थीहरुको हौसला प्रदान गर्न आम शिक्षाप्रेमी अभिभावक, शुभेच्छुक तथा इष्टमित्र तथा सञ्चारकर्मीमा उनले आग्रह गरेको छ ।
एक्जिविसनमा युकेजीदेखि कक्षा १२ सम्मका २५ सय बालबालिकाले विभिन्न विषयमा आफूहरुले सिकेका कुराहरुको परियोजनाहरुको प्रदर्शन गर्ने छन् । एभरेष्ट स्कुलले युकेजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ५ गते र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ६ गते हुने स्कुलले जनाएको छ । प्रदर्शनी एभरेष्ट कलेज परिसरमा हुने छ ।