AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रेस सेन्टर नेपाल कोशी प्रदेशको अध्यक्षमा राई निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ माघ २०८१, शनिबार १८:१६
243
Shares
विराटनगर / नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल कोशी प्रदेशको अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।

प्रेस सेन्टर कोशी प्रदेशको अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भए । अध्यक्षमा राजन राई र नवराज कट्टेल उम्मेदवार थिए ।

शनिबार विहानको राति भएको मतदानमा प्रचण्ड निकट समूहका कट्टेललाई पराजित गर्दै जनार्दन शर्मा प्यानलका राई निर्वाचित भए । राईले ४१ मत प्राप्त गर्दै विजयी हुँदा कट्टेलले ३६ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित राई यसअघि उपाध्यक्ष थिए । उनलाई नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिजले पनि सहयोग गरेको थियो ।

राई नेकपा माओवादी केन्द्रका नेता सुदन किराँती निकट हुन् । किराँती जनार्दशन समूहका नेता हुन् ।

प्रेस सेन्टरको उपाध्यक्षमा सुजन तिम्सिना,सेसेहाङ लाओती र सुजता लिम्बू, महासचिवमा गोकुल पराजुली निर्विरोध निर्वाचत भए ।

त्यस्तै सचिवमा इश्वर थापा,विनु तिम्सिना,डिकेश लामा, सत्यनारायण शर्मा र कोषाध्यक्षमा झुलन रेग्मीसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर