AArya
animated ellipse animated ellipse

कोशी ब्यारेज र बराह क्षेत्रको मुख्यमन्त्री कार्कीले गरे निरीक्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ आश्विन २०८१, शनिबार १७:३५
36
Shares
विराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण गरेका छन्।

आज दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी भएका थिए।

मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलार्इ आग्रह गरे

स्थलगत निरीक्षण पछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गरेका हुन् । उनीहरुलाई हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइ रहेको छ । यस्तै प्रदेश भर वर्षा भर्इ रहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन निर्देशन दिए ।

अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्दार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए। अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ । कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलार्इ आवागमनमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर