AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा बुढानिलकण्ठ स्कुलका आयुस प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ श्रावण २०८१, सोमबार १८:४१
585
Shares
विराटनगर / विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता ( २०८१ को उपाधि बुढानिलकण्ठ माध्यमिक अंग्रेजी विद्यालयका आयुस शर्माले जितेका छन्।

आज विराटनगर स्थित सगरमाथा माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका २६ विद्यार्थीलाई पछि पार्दै शर्माले प्रथम स्थानमा रहन सफल भएका हुन् ।

प्रतियोगिताको दोस्रो स्थानमा पोखरिया माध्यमिक विद्यालयका आर्यन श्रेष्ठ , तेस्रो स्थानमा सगरमाथा माध्यमिक विद्यालयका भानु गौतम र चौथो स्थानमा एजेलिया माध्यमिक विद्यालयका प्रज्ञान गुरागाईं भए।

प्रतियोगिताका संयोजक तथा स्पोर्टिङ्ग क्लबका कार्यसमिति सदस्य ग्याल्जेन डुक्पा लामाका अनुसार महानगरका ११ विद्यालयका २७ विद्यार्थी सहभागी रहेको प्रतियोगितामा प्रथम हुने शर्मालाई ५ हजार १ सय , दोस्रो स्थानमा रहेका श्रेष्ठलाई ३ हजार ६सय , तेस्रो स्थानका गौतमलाई २ हजार १ सय र चौथो स्थानका गुरागाईंलाई १ हजार १ सय नगद सहित मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले खेलकुदले युवाहरुमा राष्ट्रिय एकता तथा भावनाको विकास गर्ने बताउँदै खेलले युवाहरुमा सकरात्मक भावनाको तथा अनुशासनको विकासमा मुख्य भूमिका खेल्ने बताए। बस्नेतले खेलकुद विकास बोर्डले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्ने अवस्था निर्माणको लागि प्रयास गरिरहेको जानकारी दिदै सो अवस्था सिर्जना गर्न सम्पूर्ण समाज एकजुट भएर लाग्नु पर्ने धारणा व्यक्त गरे।

बस्नेतले प्रदेश खेलकुद विकास बोर्डले छिट्टै प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता संचालन गर्ने तयारी गरिरहेको समेत जानकारी दिए।

प्रतियोगिता आयोजक स्पोर्टिङ्ग क्लबका अध्यक्ष रोहित कोइरालाले प्रतियोगिताको समापन गर्दै विद्यालयस्तरीय प्रतियोगितासँगै क्लबले अझ व्यापक ढंगले विभिन्न खेलको प्रतियोगिता आयोजना गर्दै जाने बताए । कोइरालाले क्लबले आयोजना गरेको प्रतियोगिताको सहयोगीमा सगरमाथा माध्यमिक विद्यालय प्राविधिक सहयोगीमा नेपाल चेस फेडेरेशन पथरी शनिश्चरे र मुख्य प्रवर्द्धक कोशी प्रदेश खेलकुद विकास बोर्ड रहेको जानकारी समेत दिए ।

प्रतियोगिताका विजयी खेलाडीलाई स्पोर्टिङ्ग क्लबका अध्यक्ष कोइराला , विराटनगर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष वासुबहादुर बस्नेत , वडा नं. ११ वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने , नेपाल खेलकुद महासंघका विज्ञ आयोग सदस्य दिपेश बास्तोला , सगरमाथा माविका प्रधानाध्यापक त्रिलोचन गौतम र कोशी प्रदेश बुद्धिचाल संघका सदस्य राम मादेनलगायतले नगद , मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर