AArya
RUMPUM
animated ellipse animated ellipse

बैंकको ब्याजदर घटाउनु पर्ने लगायतको नागरिक मञ्चद्धारा १० बुद्धे माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० श्रावण २०८१, आईतवार १७:२८
90
Shares
विराटनगर /नागरिक संरक्षण एकता मञ्च नेपालले विभिन्न १० शुत्रिय माग राखेको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरी उनीहरुले बैंकहरुले कृषी र अन्य कर्जाको ब्याजदर घटानुपर्नेलागयतका विभिन्न १० शुत्रिय माग राखेको हुन् ।

उनीहरुले कोभिड १९  देखिको अहिलेम्मको ब्याज मिनाह र ऋणको नवीकरण गरिनुपर्ने, कृषी कर्जा २ प्रतिशत र अन्य कर्जा ७ प्रतिशत कायम गरिनुपर्ने माग राखेका छन् । यसैगरी धितो लिलामी प्रक्रिया बन्द गरिनुपर्ने र ऋणीहरुलाई ऋण तिर्ने बातावरणको व्यवस्था गरिनुपर्ने, ऋणीहरुलाई दवावपूर्ण असुली आतंक बन्द गरिनुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुको आतंक र दाववका कारणले आत्महत्या गरेका ऋणीहरुको परिवारलाई तत्काल राहत दिनुपर्ने नागरिक संरक्षण एकता मञ्च नेपालका अध्यक्ष ताराकुमार नेपालले बताए ।

‘बैंकको ऋणीहरुलाई दिएको तनाव र आतंकका कारण धेरै उद्योगी, व्यवसायीदेखि सर्वसाधरणहरुले आत्महत्या गरेका छन् । बैंकको यस्तो आतंक तत्काल बन्द गरि ऋणीलाई कर्जा तिर्ने बातवरण बनाउनुपर्दछ,’ अध्यक्ष नेपालले भने, ‘समाजमा हुने आत्महत्या पनि बैंकले दिने दबाव पनि एक हो ।’ मन्चले राखेको माग प्रधानमन्त्री कार्यालयदेखि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघ काठमाण्डौंमा पनि बोधार्थ पठाएको अध्यक्ष नेपालले बताए । मंञ्चले राखेको माग पुरा नभए नागरिक आन्दोलन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर