AArya
RUMPUM
animated ellipse animated ellipse

रतुवामाईमा दुई वर्षीय बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ असार २०८१, बुधबार १४:३३
90
Shares
रतुवामाई / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ मा पानी जमेको खाल्डोमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान स्थानीय नुर महमदका दुई वर्षीय छोरा मोहम्मद मुसाहाको पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीले पौडी खेल्ने क्रममा डुबेर नाबालकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ ।

एकाबिहानै घरबाट नाबालक हराएपछि अभिभावकले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा बिहान ७ बजेतिर शव फेला परेको हो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय सिजुवाका इन्सपेक्टर दीपक खरेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । निरन्तरको वर्षासँगै रतुवामाईका अधिकांश स्थान जलमग्न बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर