RUMPUM
animated ellipse animated ellipse

म सहिन्साको पक्षमा किन बोले ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०८१, शुक्रबार १८:२२
135
Shares
बसन्त अधिकारी
नेपाल टाइम्सका संस्थापक तथा सञ्चालक अब्दुल खताब (सहन्शाह सिद्दिकी) विगत १८ महिनादेखि पुर्पक्षको लागि मोरङ कारागारमा थुनिएका छन् । उनको दर्जनौ पटक पेशी सरि सकेको छ भने उनी अझै फैसला कुरेर बसिरहेका छन् ।

नेपाल टाइम्स नामको आफ्नै कम्पनिका अर्का साझेदार अरुण राठी बीच भएको आपसी मतभेदको कारण सिद्दिकी कारागार चलान भएका हुन् । साझेदार अरुण राठीले प्रहरीमा दिएको उजुरीमा सिद्दिकीले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरी शरीर बन्धक बनाइ फिरौती लिएको बताएका छन् ।

यस मुद्दाको घटनाहरुको बिषयलाई लिएर सुरुवाती दिनदेखि नै मलाइ केहि जिज्ञासा जागेको छ, जसलाई यसप्रकार पस्कने कोशिस गरेको छु ।

जाहेरीमा मंसिर १४ गते अपहरण गरिएको भनिएपनि घटना घटेको ५ दिन पछि अर्थात २०७९ मंसिर १८ गते मात्र राठीले प्रहरीमा जाहेरी दरखास्त दिएको देखिन्छ । घटना यति जघन्य र गम्भीर थियो भने किन घटना घटेको दिन वा भोलि पल्ट नै प्रहरीमा जाहेरी दिइएन भन्ने प्रश्न सधै मेरो मनमा खेलिरहन्छ ।

जिल्ला प्रहरी मोरङले सहिन्सालाई उजुरी परेको खबर गरे लगतै उनी नेपाल टाइम्सका सहकर्मी हरिहर नेपालसंग जिल्ला प्रहरी कार्यालय पुगी घटना बारे प्रहरीसँग आवश्यक छलफल गरि फर्किएका थिए । यदि उनले घटना घटाएका भए आफै प्रहरीमा गएर बुझ्ने आट शायदै गर्ने थिए होलान् ।

प्रहरीले सहिन्सालाई पक्राउ गरेको भनाइ बाहिर आएपनि मंसिर २० गते (१५ दिसम्बर २०२२) सहिन्सा आफैले अनुसन्धानमा सहयोग गर्नको निम्ति जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको भनि फेसबुकमा स्टाटस लेखेको अहिले पनि देख्न सकिन्छ । सहिन्सा आफैले प्रहरीमा आत्मसमर्पण गरेपनि प्रहरीले उनलाई पक्राउ गर्यो भन्ने बहस किन सिर्जना गरियो भन्ने कुरा चासोको बिषय हुनसक्छ ।

२०७९ फागुन १४ गते जाहेरवाला अरुणको श्रीमती ललिता राठीसँग गरिएको अदालती बकपत्रमा श्रीमान अरुण राठी घटना घटेको दिन घर फर्कदा मलिन अनुहार रहेको, उहासँग सोधपुछ गर्दा लडेर छाती दुखेको भन्नु भयो । आफुले मुभ लगाएर आराम गर्नु भनेको तर उहाँ त्यो दिन सुत्न सक्नु भएन । यदि घाउ तथा चोटपटक त्यति नै गम्भीर प्रकृतिको थियो भने किन तत्काल उपचारको निम्ति पहल गरिएन भन्ने प्रश्न उब्जिनु स्वाभाविक हो ।
अरुण राठीका भाइ भारतबाट फर्किएको २ दिनपछि मात्र परिवार समक्ष घटनाबारे जानकारी गराएको कारण आफुले घटना बारे थाहा पाएको कुरा ब्यक्त गर्छिन ललिता राठी । यति गम्भीर मानिएको घटनाबारे अरुण राठीले आफ्नै श्रीमतीलाई पनि सुरुवाती अवस्थामा जानकारी नगराएको देखिन्छ ।

२०७९ साल मंसिर २३ गते कोशी अस्पतालमा मनोजहाङ्ग लिम्बुले घाउजाच गरेको रिपोर्टमा राठीको करंगका हड्डीहरू भाँचिएको भनि उल्लेख गरेका थिए । २०८० साल असोज ९ गते राठीको घाउजाच बिषयलाई लिएर पुनस् बकपत्र गराउन अदालतद्वारा आदेश गरेको थियो ितर राठीको घाउजाच गर्ने मनोजहाङ्ग लिम्बुको करार अवधि समाप्त भएर अनुपस्थित भएको कारण अर्काे डाक्टर बोलाउने अदालतको आदेश हुदा २०८० साल मंसिर ५ गते कोशी अस्पतालका डाक्टर सर्मिस्ठा धौभडेलसँग बकपत्र गरियो । उक्त बकपत्रमा डाक्टर सर्मिस्ठा धौभडेलले राठीलाई लागेको भनिएको चोटपटक निको भइसकेकोले निजलाई हाल कुनै समस्या नरहेको भनि जानकारी गराएकि थिइन ।

सहिन्सासंगै पक्राउ परेर धरौटीमा छुटेका सहिन्साका ड्राइभर चिखु भाइ भनिने अजयले प्रहरी र अदालतमा फरक बयान दिएको देखिन्छ । प्रहरी समक्षको बयानमा उनले सहिन्साको आदेशमा आफुले अरुण राठीको हात र सहिन्साले खुट्टा बाधि सकेपछि आफुलाई सहिन्साले अर्काे कोठामा पठाएको र पछि सहिन्साले बोलाएर अरुण राठीलाई बाधेको तार खोल्न लगाई अरुण राठी र सहिन्सा स्कुटीमा चढेर पुनस् नयाँ कार्यालय तर्फ गएकोू बयान दिएका छन् भने अदालतमा वकिलसँगको सोधपुछमा वारदात मितिमा आफुले अब्दुल खताबको गाडी चलाएको तर अरुण राठी र सहिन्सा सिद्दिकी स्कुटीमा आएर अफिसमा बसी कुराकानी गरेकोले भित्र घटेको घटना बारे आफुलाई जानकारी नभएको भनि फरक प्रकृतिको बयान किन दिए भन्ने कुरापनि सोचनीय छ ।

घटना स्थलको सिसिटिभी फुटेजहरुलाई नियालेर हेर्दा कुनै किसिमको अप्रिय घटना घटेको वा राठीले भने अनुसार अपहरण नै गरेर अंगभंग भएको दृश्य कहिँ कतै देखिदैन । फुटेज भरि अपहरणको आरोप लागेका सहिन्सा अघिअघि र अपहरणमा परेको भनिएका अरुण राठी पछिपछि हिडेको, मोबाइल चलाउदै गरेको, र दुबैजना स्कुटरमा सवार गरी पुरानो र नया कार्यालय परिसर भित्र छिरेको र बाहिर निस्केको सामान्य अवस्था देख्न सकिन्छ । राठीले सहिन्सालाई आफ्नो कार भित्रबाट केहि कुरा दिएको सिसिटिभी फुटेजमा देखिन्छ, जुन अरुण राठीले सहिन्षालाई १५ लाखको फिरौती चेक दिएको भन्ने जाहेरीमा उल्लेख छ । यहाँ अपहरण गरिएका व्यक्ति कसरी अपहरण गर्ने व्यक्तिसंग सहजै एक ठाउँबाट अर्काे ठाउँमा ओहोर दोहोर गर्न सक्दछन भन्ने एउटा प्रश्न हो भने बलजफ्ती वा कुटपिट गरेको कुन कुराले पुष्टि गर्दछ भन्ने मेरो अर्काे जिज्ञासा हो । साथै राठीले कुनैपनि बेला हार–गुहार मचाउन सक्ने तथा भाग्न सक्ने अवस्था थियो भन्ने मेरो बुझाइ छ ।

राठीले फिरौती रकम स्वरुप दिएको भनिएको चेक सहिन्साको नाममा नभएर नेपाल टाइम्सको नाममा दिएका छन्, जुन कम्पनीका महानिर्देशक अरुण राठी आफै हुन् । यदि फिरौती रकम थियो भने सहिन्साले राठी नै महानिर्देशक भएको कम्पनिको नाममा किन चेक लिन्थे होलान? अर्काे कुरा यदि फिरौती चेक थियो भने राठीले घटनास्थलबाट घर पुग्ना साथ् बैंकलाइ फोन गरेर चेक रोक्का गर्न पनि त सक्ने थिए, आखिर किन उनले यसो गरेनन ?

उक्त चेक सोहि दिन नेपाल टाइम्सको बैंक खातामा जम्मा गरिएको र सहिन्साको नाममा ११ लाख डेबिट भएको रकमको बिषयलाई लिएर जिल्ला अदालत मोरङले नेपाल टाइम्ससँग जानकारी माग गरेको थियो िजसमा नेपाल टाइम्सले जिल्ला अदालत मोरङलाई सहिन्साले नेपाल टाइम्सबाट पाउनुपर्ने मासिक पारिश्रमिक बाकी रहेको तलबी रकम भुक्तानी गरेको जानकारी पत्र अदालतलाई पठाएको थियो । सहिन्साले तलब र भत्ता स्वरुप मासिक १ लाख भुक्तानी पाउने छन् भनी स्वय अरुण राठीले दस्तखत गरेको २०७९–४–१ को नेपाल टाइम्सको पत्रमा देखिन्छ ।

बिषय यतिमा मात्र टुंगिदैन कुमारी बैंकको बैंक स्टेटमेन्टमा अरुण राठीको छोराले श्रावण १६ गते २२ लाख ६० हजार नेपाल टाइम्सको खातामा डिपोजिट गरेको देखिन्छ नेपाल टाइम्सको खाताबाट अरुण राठीको कर्मचारी ब्रिज मोहन भगतको नाममा २०७९ श्रावण १६ गते ६ लाख, अरुण राठीको नाममा श्रावण १७ गते ७ लाख र योगेश राठीको नाममा श्रावण १८ गते ७ लाख रुपैया डिपोजिट भएको देखिएकोले, अरुण राठीको प्रतिक्रिया पेश गर्न अदालतद्वारा आदेश गरिएको थियो । २०८० साल पौष ४ गते जाहेरवाला अरुण राठीको नाममा नेपाल टाइम्सको खाताबाट ७ लाख जम्मा भएको बिषयमा अदालतमा अरुण राठीद्वारा प्रतिक्रिया पेश गर्दा आफुले कुनै पनि रकम नबुझेको भनि प्रतिक्रिया दिएका थिए ि

आफ्नो नाममा डिपोजिट भएको रकम बकाइदा बैंक स्टेटमेन्टमा देखिएपनि, किन अरुण राठीले पैसा डिपोजिट भएको कुरालाइ इन्कार गरे भन्ने प्रश्न उब्जिन्छ साथै अरुण राठीका छोरा योगेश राठीले किन एकै दिन २२ लाख ६० हजार नेपाल टाइम्सको खातामा डिपोजिट गरेर २ दिन भित्रै २० लाख रुपैया उनी लगायत उनका मानिसहरुको नाममा झिकियो भन्ने प्रश्न निकै महत्वपुर्ण छ । यस बिषयलाई लिएर २०८० साल पौष १२ गते अरुण राठीको नाममा ७ लाख र उनका छोरा योगेश राठीको नाममा पनि ७ लाख रुपैया नेपाल टाइम्सको खाताबाट झिकिएको देखिएकोले अदालतले बैंकबाट चेकको फोटोकपी झिकाउने आदेश समेत गरेको थियो ।

यतिका ठुला ब्यापारी घरानाका मानिस, त्यसमा पनि देशकै ठुलो राजनीतिक दल नेकपा एमालेको तर्फबाट प्रदेश १ को प्रदेश सभाको समानुपातिकका उमेद्वार जसको पछाडी पहुच, शक्ति र पहिचान भएको जानकारी हुँदा हुदै पनि सहिन्साले एक्लै यति हल्का रुपले अपहरण गरि, शरीर बन्धक बनाइ कुटपिट गरेर दिउँसै मानिसहरुको चहलपहल भएको बाटोको बिचमा बसेर राठीबाट फिरौती रकम स्वरुप चेक लिए भनेर भन्दा धेरैलाई आश्चर्य लाग्ने बिषय हो ।

त्यसमा पनि १० लाख भन्दा बढी फलोअर भएको नाम चलेको मिडिया, जसले १०–१२ जनालाइ स्थानिय तहमा राम्रो रोजगारीको अवसर सिर्जना गरेको छ, त्यसको संस्थापकले १५ लाखको लागि आफ्नै साझेदारलाई अपहरण गरेर आफ्नो नाम र आफ्नो संस्थाको नाम बदनाम गर्ने जोखिम लिन्छ कि लिदैन भन्ने बिषयले मलाइ घरि–घरि सोचमग्न बनाउदछ ।

खास समस्या के हो भन्ने कुरा सहिन्सा र अरुण राठीलाई नै थाहा होला, बाहिरका हामीले त अनुमान मात्र गर्न सक्छौ सहिन्सा र राठीको मुद्दाको पेशी निकै पटक सरिसकेको छ । १८ महिना निकै लामो समय हो र न्याय सम्पादन निस्पक्ष र छिटो हुनु पर्दछ भन्ने हाम्रो कामना हो न्याय प्रदान गर्नमा गरिएको ढिलाई पनि अन्याय हो भन्ने मान्यता सर्वव्यापी छ त्यसै कारण यदि सहिन्साले घटना घटाएको कुरा सबुत प्रमाणले ठहर्याउदछ भने उनी कारवाहीको भागिदार हुनु पर्दछ । तर यदि उनले कसुर गरेको ठहरिदैन भने न्याय पाउने कुरा सहिन्साको हक र अधिकारको बिषय हो पहुच र शक्तिको भरमा न्याय प्रभावित हुनु हुदैन पैसा, पहुच र शक्तिको अभावमा आम मानिसहरु अन्यायमा पर्ने छैनन् भन्ने कुराको प्रत्याभूति सम्मानित अदालतले गराई यस संस्था प्रति नागरिकहरुको विश्वास कायम राख्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर