खबर पूर्वाञ्चल

५४ रनको सामान्य लक्ष्य पाएको इलामले १० दशमलव १ बलमा ६ विकेट गुमाई भेट्टाएको थियो । इलामकी प्रियंका राईले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् ् । सिरहाकी अपेक्षा यादव र साक्षी यादव ३–३ विकेट लिइन् ।
दोस्रो खेलमा मोरङले सप्तरीलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मोरङले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सिरहालाई पराजित गरेको थियो । हार पछि सप्तरी एक खेल खेल्नु अगाडिनै प्रतियोगिताबाट बाहिरिएको छ । । टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ७ गुमाई ७३ रनको स्कोर खडा गरेको थियो । सप्तरीका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् । मोरङकी प्लेयर अफ द म्याच सानु राजवंशीले २ विकेट लिँदा कृतिसा धामी र चाँदनी यादवले पनि २–२ विकेट लिइन् ।
७४ रनको लक्ष्य पछ्याएको मोरङले ८ दशमलव १ बलमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको छ । मोरङलागि सानु राजवंशीले २५ रन बनाउँदा नमिता श्रेष्ठले नटआउट २० रनको योगदान दिइन् । सप्तरीकी मिना महतो र अजमेरि खातुनले १–१ विकेट लिइन् ।
विहिवारको पहिलो खेल मोरङ र इलाम र दोस्रो खेल सप्तरी र सिरहाविच हुने खेल सम्योजक विशाल साहले बताए ।