animated ellipse animated ellipse

स्टलको माग बढेपछि मोरङ व्यापार संघ ट्रेड एक्पो’ मा २५ वटा स्टल थपिदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ मंसिर २०८०, शुक्रबार १४:५१
351
Shares
विराटनगर / विराटनगरमा पुस ६ गतेदेखि सुरु हुने ‘मोरङ व्यापार संघ ट्रेड एक्पो’ मा २५ वटा स्टल थपिने भएको छ ।

मोरङ व्यापार संघको आयोजनामा हन लागेको एक्स्पोमा यसअघि पत्रकार सम्मेलनमा २५० वटा स्टल रहने जानकारी गराएको थियो । स्टलको माग बढेपछि अब २७५ वटा स्टल रहने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।

एक्स्पोमा घरेलु साना तथा ठूला उद्योगका सामाग्रीसँगै भारत, बंगलादेश र पाकिस्तानका पनि स्टल रहनेछ । एक्स्पोमा ६ देखि ७ लाखले अवलोकन गर्दा २० करोड बढीको कारोबार हुने आयोजकको अनुमान छ ।

विगत वर्षहरुमा भन्दा यस पटक एक्स्पो फरक हुने रिजालले दावी गरे । ‘एक्स्पोमा आइफिल टावर बनाउने काम भइरहेको छ । यो आइफिल टावर ७० फिट अग्गो हुन्छ । यो आफंैमा नौलो हो’ उनले भने, ‘आइफिल टावर हेर्ने र यसमा फोटो खिच्नेको भिड लाग्नेछ ।’ एक्सोमा सेल्फी स्टेन र मेलामा आउने अवलोकनकर्ताहरुले निर्धक्क भएर फोटो खिच्ने उनले बताए ।

एक्स्पोमा चिल्डेन पार्क पनि रहनेछ । मेलामा आउने साना बालवाकिालहरुले दिनभरी रमाइलो गर्ने बातावरण बनाएको आयोजकले जनाएको छ ।

एक्स्पोमा फेशन–शो, गायन र नृत्य प्रतियोगिता हुनेछ । यसमा विभिन्न स्कुलमा अध्ययरत विद्यार्थीहरुले भाग लिनेछन् । बिजेताले नगद एक लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर