AArya
RUMPUM
animated ellipse animated ellipse

तस्करीको औषधी बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ आश्विन २०८०, आईतवार १८:०२
315
Shares
विराटनगर / भारतबाट तस्करी भएर आएको ठुलो परिमाणको औषधी प्रहरीले बरामद गरेको छ । प्रहरीले विराटनगर –१३ जतुवा नहरबाट भारतबाट तस्करी भएको ठूलो परिमाणको औषधी शनिबार बरामद गरेको हो ।

अबैध रुपमा भन्सार छली गरि झोलामा बोकी ल्याउदै गरेको तीन लाख २१ हजार ४ सय २४ रुपैयाँको औषधी बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले ओकेरोन, माइकोफिट, ग्यासनोल नामको औषधी बरामद गरेको हो । बरामद गरेको औषधी विभागमा दर्ता नभएको पाइएको छ । बरामद ओकेरोन औषधी अल्सर भएर बलिडिङ्ग हुँदा प्रयोग हुने चिकित्सकले बताएका छन् । प्रहरीले सबैभन्दा बढी ओकेरोन औषधी बरामद गरेको छ ।

नेपालमा भन्दा भारतमा सस्तोमा औषधी पाउने भएकोले क्यारिङमार्फत तस्करी हुने गरेको छ । यहाँका केही फर्मेशीहरूले क्यारिङ प्रयोग गरी तस्करीमार्फत औषधी ल्याउने गर्दछन् । प्रहरीले औषधी बरामद गरेपनि क्यारि गर्ने तस्करलाई भने समाएको छैन । प्रहरीलाई देखेपछि औषधी ल्याउने फरार भएको डिएसपी दाहालले बताए । फरार भएकाको पनि खोजी कार्य तिव्र बनाएको छ । बरामद गरेको औषधी प्रहरीले औषधी व्यवस्था कार्यालय विराटनगरमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर