AArya
RUMPUM
animated ellipse animated ellipse

मानवसेवा आश्रमका लागि बेलायतबासीबाट एक करोड दुई लाख सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० आश्विन २०८०, बुधबार १५:५२
162
Shares
विराटनगर / मानवता प्रवद्र्धनको लक्ष्य राखि मानव सेवा आश्रमले सेप्टेम्बर ६ तारिकबाट सुभारम्भ गरेको बेलायत यात्रा सार्थक बनेको छ ।

यस यात्राको क्रममा मातृत्व र मातृभूमिको सम्मानमा बेलायतको ५ स्थानमा आमा सेमिनार प्रस्तुत भएको छ । बेलायतबासी नेपाली मनहरुमा माता पिता, मातृभूमि, शिक्षा दिने गुरुजनको गरिमा र महत्व बोध गराउन सेमिनार सफल भएको छ ।

सुरुवातमा पेट मिचिमिचि हसाउँदै अन्तमा सबैलाई भावुक बनाउनु कार्यक्रमको विशेषता नै बन्यो । आमा कार्यक्रममा सहभागी भएर भाभुक नहुने र नरुने सहभागी विरलै होलान् मानवसेवा आश्रम यूके च्यापटर संयोजक सुनिल बाबु खड्का बताए।

कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले गरे। उनलाई संस्थाका महासचिव शुशिला केसी (रुपा( र सचिव सुमन बर्तौलाले सघाएका थिए ।

महत्वपूर्ण लक्ष्य र अद्भूत प्रतिवद्धता लिएको मानवसेवा आश्रम सेवा र प्रेरणाको संगम रहेको बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले बताए ।

अल्डरसटमा आयोजना भएको आमा सेमिनारमा सहभागी भइसकेपछि राजदूत आचार्यले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा २ सय बढी बेलायतबासी नेपालीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर