बालदिवस केभिएममा विभिन्न कार्यक्रम

खबर पूर्वाञ्चल, २९ भाद्र २०८०, शुक्रबार १७:५९
477
Shares
विराटनगर / विराटनगर १० मा रहेको कोशी विद्या मन्दिर विभिन्न कार्यक्रमको आयोजना गरेर ५९ औं राष्ट्रिय वालदिवस मनाएको छ ।

कोशी विद्या मन्दिर वालक्लवको आयोजनामा प्ले ग्रुपदेखि कक्षा १० सम्मका वाल कलाकारहरुले गायन तथा सामुहिक नृत्य प्रस्तुत गरेर वालदिवस मनाएको हो । कार्यक्रमको दोस्रो भागमा वाल कविहरुले आफैद्वारा रचित कविताहरु वाचन गरेका थिए।

सर्वोत्कृष्ट कविता, सर्वोत्कृष्ट गायन तथा सर्वोत्कृष्ट नृत्यलाई पुरस्कृत गरिएको निर्देशक चन्द्रमणि रिजालले जानकारी बताए । कार्यक्रममा ५ सय भन्दा बढि विद्यार्थीहरु सहभागि रहेका थिए ।

कार्यक्रमको अध्यक्षता विद्यालय वालक्लबका अध्यक्ष कक्षा १० का छात्र आर्यन भट्टराईले गरेका थिए । २०४७ साल भाद्र २९ गते हाम्रो मुलुक नेपाल संयुक्त राष्ट्र संघ बाल अधिकार सम्बन्धी महासन्धीको समर्थन गरेको दिनलाई उत्सवको रुपमा मनाउन आजÞ राष्ट्रिय बालदिवस मनाउने गरिएको प्रमुख अतिथि भने प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दासले बताए । अधिकारको कुरा गर्दा कर्तव्य पालनलाई पनि उत्तिकै महत्व दिनुपर्नेमा उनले जाड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५