animated ellipse animated ellipse

प्रदेश १ मा ९७ संक्रमित थपिन्दा विराटनगरमा मात्र ४७ संक्रमित थपिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०७८, मंगलवार १९:३१
306
Shares
विराटनगर / प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएको प्रदेश १ को राजधानी विराटनगरमा मात्र ४७ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १६ महिला र ३१ पुरुष रहेका छन् ।

मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरबाहेक बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१, झापाको विर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १–१, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७९९ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ४सय ४ पुगेका छन् ।
प्रदेश १ मा आज ५ सय २८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर