AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा ८ हजार मुद्दा दर्ता, ५२ करोड राजश्व संकलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ श्रावण २०८०, बिहीबार १८:५२
369
Shares
विराटनगर / कोशी प्रदेशको १४ जिल्लामा प्रहरी कार्यालयमा ८ हजार बढी मुद्दा दर्ता भएका छ ।

कोशी प्रदेशमा ८ हजार ७१९ मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आर्थिक वर्षमा दर्ता भएको मध्ये २ हजार ७ सय ७३ वटा मुद्दा फछ्र्यौट भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कंडेलले बताए । उनका अनुसार ५ हजार ९४६ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जानकारी दिए ।

प्रहरीको अनुसार कर्तब्य जयन मुद्दामा ७८ वटा दर्ता भएका ३३ वटा मुद्दा फछ्र्यौट भएको छ । ४५ मुद्दा बाँकी रहेको छ । यस्तै आत्महत्या १ हजार ५५०, ज्यान सम्बन्धी ७१ दर्ता भएको मध्ये ६ फछ्र्यौट ६५ वटा बाँकी रहेको छ । यस्तै मानव बेचविखन १४ दर्ता भएका मध्ये ७ फछ्र्यौट, ७ बाँकी, जवरजस्ती करणाी ५६५ मुद्दा दर्ता भएका मध्ये २६४ फछ्र्यौट, ३०१ बाँकी रहेको छ । यसैगरी जवरजस्ती करणी उद्योगमा १ सय १२ मुद्दा दर्ता भएको मध्ये ५० फछ्र्यौट, ६२ मुद्दा बाकी, लागूऔषधमा ७८९ मुद्दा दर्ता भएको मध्ये २८८ मुद्दा फछ्र्यौट, ५ सय १ वटा मुद्दा बाँकी रहेको छ । सामाजिक अपराधमा १ हजार ६१२ वटा दर्ता भएका मध्ये १ हजार ८२ मुद्दा फछ्र्यौट र ५३० मुद्दा बाँकी रहेको छ ।

समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए ।

फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १ हजार ४ सय ६६ जना फरार प्रतिवादीहरु पक्राउ गरी ९ सय ४३ बर्ष ७ महिना २ दिन कैद र ४ करोड २४ लाख १२ हजार ३ सय २२ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १०० जना मानिस पक्राउ गर्नुका साथै २६ करोड ९८ लाख ३८ हजार ९ सय ८० रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ७४ जना मानिस र ३३३ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३९ लाख २८ हजार ५ सय ३५ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ हजार ९ सय ६१ क्यू.फिट. काठ बरामद गरी १ करोड ३१ लाख ४५ हजार ३ सय ५७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षमा ट्राफिक नियम उलंघन गर्ने ३ लाख १ हजार ७ सय ४९ वटा सवारी साधनलाई कारवाही गर्दा २३ करोड ४८ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागूऔषध नियन्त्रण तर्फ गाँजा ५ हजार ८ सय १५ केजी ४९२ ग्राम ७०० मिलीग्राम, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर २ केजी ७९ ग्राम ८४९ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु २७ हजार ६ सय १८, मनोद्धिपक एम्पुल १० हजार १ सय ७५ र मनोद्धिपक औषधीहरु ३१७ क्याप्सुल नियन्त्रण गरिएको र १ हजार ७ सय ६३ रोपनी क्षेत्रफलमा लगाएको ६ लाख ७५ हजार ३ सय १४ बोट गाँजा नष्ट गरिएको छ । यस आर्थिकमा कुल ५२ करोड १७ लाख ७८ हजार ८ सय ७२ रुपैयाँ राजश्व संकलन भएको छ । यसका साथै यस आर्थिक बर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रदेश भरी बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु तिब्रताका साथ संचालन गरिएको छ ।

जस अन्तरगत साईबर अपराध, आत्महत्या न्युनिकरण, ट्राफिक सचेतना, घरेलु हिंसा, महिला हिंसा, मानव बेचबिखन लागुऔषध दुर्ब्यसन लगायत ३६ हजार ८ सय ८१ स्थानमा बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरीएको र उक्त कार्यक्रमबाट १० लाख ३१ हजार ३५१ जना भन्दा बढी नागरीकहरु लाभान्वित भएको कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर