पाल्पाको रम्भा गाउँपालिकामा पहिरो खस्दा छ जना वेपता

खबर पूर्वाञ्चल, ८ आश्विन २०७७, बिहीबार ०७:३७
फाइल फोटो

पाल्पा / अविरल वर्षापछि आज बिहान खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा छ जनालाई बेपत्ता बनाएको छ ।

पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरो जाँदा बेलङ्जाका होमबहादुर गाहाको घर पुरिएको हो । पहिरोमा परी हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छिन् । उनका श्रीमान भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोषकुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । उनीहरुको खोजी भइरहे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५