पूर्वाञ्चल खबर
विगतका वर्षहरूमा झैँ यस पटक पनि विद्यालयले शतप्रतिशत नतिजासहित गुणस्तरीय शिक्षाको आफ्नो पहिचानलाई थप मजबुत बनाएको हो ।
यस वर्षको परीक्षामा विद्यालयकी प्रेक्षा चौधरी र शुभेच्छा बस्नेतले ४ जीपीए प्राप्त गर्दै विद्यालयको साख थप उच्च बनाएका छन् । विद्यालयका अन्य परीक्षार्थीहरूले पनि उत्कृष्ट जीपीए ल्याउँदै सफलता हासिल गरेका छन् ।
विद्यालयका प्राचार्य परेश पोखरेलले यो सफलता विद्यालयको अनुशासित शैक्षिक वातावरण, अनुभवी एवं समर्पित शिक्षक समूह, मेहनती विद्यार्थी र सचेत अभिभावकहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताए । ‘हामी भनेर होइन, गरेर देखाउँछौँ भन्ने मान्यतामा अडिग छौँ,’ प्राचार्य पोखरेलले भने, ‘यस वर्षको नतिजाले हाम्रो त्यो प्रतिबद्धतालाई फेरि एक पटक प्रमाणित गरिदिएको छ ।’
विद्यालयले हासिल गरेको यो गौरवमय उपलब्धिले जेभियर्सप्रति अभिभावक र विद्यार्थीको विश्वास अझ बढेको विद्यालय प्रशासनको दाबी छ । आगामी दिनहरूमा शैक्षिक गुणस्तरलाई अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाउँदै विद्यालयले सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी र शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ ।