AArya
RUMPUM
animated ellipse animated ellipse

वातावरण संरक्षण प्रति सचेत गर्ने उद्देश्यले एक दिने नाटक प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ जेष्ठ २०८०, सोमबार १९:१९
1.02k
Shares
विराटनगर /विराटनगर जेसीजको आयोजनामा विद्यालय स्तरिय एक दिने नाटक प्रतियोगिता विराटनगरको आरोहण गुरुकुलमा सम्पन्न भएको छ ।

विराटनगर क्षेत्रका विद्यालयहरु सहभागी भएको र विद्यार्थीलाई वातावरण संरक्षण प्रति सचेत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिए । साथै प्रथम हुँदै जेसि वाल सदनले १० हजार द्वितीय हुँदै बुढानिलकण्ठ स्कुलले ७ हजार ५ सय र तृतीय हुँदै एभरेस्ट स्कुलले नगद ५ हजार तथा प्रमाण पत्र र शिल्ड प्राप्त गरेको अध्यक्ष थापाले जानकारी दिए ।

विराटनगर क्षेत्रका विद्यालयको सहभागिता रहेको प्रतियोगिताले नयाँ पुस्तालाई वातावरण संरक्षणमा जोड्नका लागि आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी विराटनगर महानगरपालिकाका उप–मेयर शिल्पा निराला कार्की रहेकी थिइन् । कार्यक्रममा सहभागी सबै लाई एक विरुवा उपलब्ध गराइएको र उक्त कार्यका लागि दिगो बिकास संस्थासंग समन्वय गरेर कार्यक्रमको आयोजना गरिएको र करिब ५ सय जनालाई विरुवा उपलब्ध गराइएको शृजन रेग्मीले जानकारी दिए ।

कार्यक्रमको निर्णायकमा विराटनगर जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष देवेश प्रधान , बाताबरण विद शाहिल श्रेष्ठ र कलाकार सुनिता घिमिरे रहरेका थिए ।

उप–प्रमुख कार्कीले सहि समयमा सहि कार्यक्रम जेसीजले आयोजना गरेको र यसले बिद्यार्थीको चौतर्फी विकासमा सघाउ पुर्याउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर