खबर पूर्वाञ्चल
कक्षा जे केजी र एसकेजीका १ सय ८ जना विद्यार्थी सहभागी उक्त प्रतियोगितामा कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक प्रेमलालसिंह सुवालले गरेका थिए। निर्णायकमा ब्युटिसियन तथा मेकअप ट्रेनर लक्ष्मी घिमिरे र पूजा यादव रहेका थिए ।
कक्षा एसकेजी तर्फबाट राधा पोशाकतर्फ प्रसभी बराल प्रथम ,अन्वेषा बज्राचार्य द्वितीय, काव्या ठाकुर तृतीय, नृत्या मगर सान्त्वना र कृष्ण पोशाकतर्फ आरुष पोखरेल प्रथम, प्रतिश चौधरी द्वितीय, सिद्धार्थ ताजपुरिया तृतीय र शिवांश ठाकुरले सान्त्वनास्थान हासिल गर्न सफल भए।
त्यसैगरी कक्षा जेकेजीतर्फ राधा पोशाकमा दोस्तिका घिमिरे प्रथम, सिस्टा कामत द्वितीय, थारिका रौनिया तृतीय र आरध्या कामत सान्त्वना र कृष्ण पोशाकतर्फ तायाराम यादव प्रथम , राघव कामत द्वितीय, रियान्स भुजेल तृतीय र यस ठाकुरले सान्त्वना स्थान हासिल गर्न सफल भए।
सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको चिनो स्वरूप मेडल र विजेता विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र विद्यालयका प्रधानाध्यापक सुवालले प्रदान गरे।
कार्यक्रममा विद्यार्थीहरूद्वारा कृष्ण भजन नृत्य प्रस्तुत गर्दै अभिभावक तथा उपस्थित विद्यार्थीहरुलाई मनोरञ्जन गरेका थिए। कार्यक्रममा उल्लेख्य अभिभावकहरूको सहभागिता रहेको विद्यालयका शिक्षिका राधा ठाकुरले जानकारी गराइन्।