खबर पूर्वाञ्चल
७ वटा वडा रहेको बूढीगंगा गाउँपालिकामा अहिले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु आफ्ना चुनावी नाराका साथ अघि बढेका छन् ।
बूढीगंगा गाउँपालिका वडा नम्बर ४ का युवा सागर बराल अहिले मतदाताको बिचमा आफ्ना चुनावी एजेण्डासहित गएको बताउँछन् । उनलाई सबैको साथ रहेको उनले सुनाए ।
आफ्नोजस्तो चुनावी एजेण्डाहरु अरुको नरहेकोले सबैले आफूलाई सहयोग गर्नेमा उनी विश्वस्त छन् । बूढीगंगाका युवा र जुझारु युवा सागर बरालको पक्षमा युवा, महिला, ज्येष्ठ नागरिकसहित मुस्लिम, पहाडे, थारु समुदाय र विभिन्न जातजातिको साथ रहेको उनी निकटका नेता कार्यकर्ताहरुले बताएका छन् ।
उनीसँगै वडा सदस्यको दौडमा रहेका महिला सदस्य मञ्जु बुढाथोकी, चानोदेवी ऋषिदेव, चिरञ्जीवी सरदार र मोहम्मद नुर आलम पनि सोही दौडमा छन् । सागरको नेतृत्वमा हिँडेको यो टोलीले सबै टोलहरुमा घरदैलो सकेर अब आन्तरिक भोटघाट र वडा भेलामा केन्द्रित रहेको बूढीगंगा–४ का बिष्णु अधिकारीले जानकारी दिए ।
वडा अध्यक्षमा युवा नेतृत्व आएपछि बराललाई जिताउन कुनै पार्टीपनि नभनी मतदान गर्ने मतदाताको भनाई छ । उनले आफू निर्वाचित भएर आएपछि नागरिकसँग सँधैसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचित भएपछि बूढीगंगा ४ मा निम्न कामहरु गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।