खबर पूर्वाञ्चल
केन्द्रीय अध्यक्ष गजेन्द्रवहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।
संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध विर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको युनिकमको ठहर छ – विज्ञप्तिमा भनिएको छ । सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ ।