विराटनगरमा शुक्रबारदेखि ‘युके शैक्षिक मेला’

खबर पूर्वाञ्चल, ३० असार २०७९, बिहीबार २१:३२
297
Shares
विराटनगर / विराटनगरमा शुक्रबारदेखि वृहत ‘द लारजेस्ट युके’ शैक्षिक मेला हुन लागेको छ । एसआई युके नेपालको आयोजनामा शैक्षिक मेला हुन लागेको हो ।

शैक्षिक मेलामा बेलायका नाम चलेका १३ वटा विश्व विद्यालयका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउने एसआइ युके नेपालले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

मेलामा ५ सय बढी विद्यार्थीको उपस्थिी हुने अपेक्षा रहेको एसआइ युके नेपालका निर्देशक बिनय अधिकारीले जानकारी दिए । स्थानिय स्थरमा विद्यार्थीहरूलाई बेलायतका नाम चलेका विश्व विद्यालयहरुको बारेमा जानकारी दिनुको साथी उनीहरूलाई अध्ययनमा सहजता प्रदान गर्ने उद्देश्यले शैक्षिक मेला गरेको उनले बताए । ‘अहिलेसम्म ३५० जना विद्याथीहरूले शैक्षिक मेलामा सहभागि हुनको लागि फारम लिएर गएका छन्,’ उनले भने, ‘यो शैक्षिक मेलामा बेलायतका विश्व विद्यालयको बारेमा विद्यार्थीहरूलाई सम्पूर्ण जानकारी दिनेछन् ।’ शैक्षिक मेला शुक्रबार ११ देखि ५ बजेसम्म हुनेछ । मेलामा विद्यार्थीहरूलाई छात्रवृति पनि दिने निर्देशक अधिकारीले बताए ।

शैक्षिक मेलामा आउने विद्यार्थीहरूलाई बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई ५ देखि ७ पाउन्डसम्म छात्रवृति दिने उनले बताए ।

एसआई युके ग्लोबलका कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन् । एसआई युके ग्लोवल १ सय ५८ विश्वविद्यालयसँग आवद्ध भएर विगत १६ बर्षदेखि शैक्षीक सेवामा काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Sanju Pratap Singh लेख्नुहुन्छ

    Registration link

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५