खबर पूर्वाञ्चल
अनलाइन भोटिङ सिस्टममा भएको उक्त निर्वाचनमा स्कुल क्याप्टेनमा अस्मिता चौधरी तथा स्कुल डेपुटी क्याप्टेनमा अन्जली दास र सुबेक्क्षा बस्नेत निर्वाचित भएका छन्। त्यसै गरि विभिन्न ४ वटा सदन सगरमाथा, कञ्चनजंघा, अन्नपूर्ण र माछापुच्छ्रे सदनका क्याप्टेन र भाइस् क्याप्टेन पनि निर्वाचित भएका छन्।
यस्तो कार्यक्रमले विद्यार्थीमा निर्वाचनको बारेमा सैद्दान्तिक तथा ब्यबहारिक ज्ञान प्रात हुने विद्यालयका प्रधानाध्यापक परेश पोखरेलले बताए। यसै गरी आकृति चौधरीको नेतृत्वमा जेभियर्स बाल क्लबको गठन पनि गरिएको छ। कक्षा १२ सम्म सञ्भालित बुढीगङ्गा गाउँपालिकाको पहिलो सँस्थागत उक्त विद्यालयमा हाल ९ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।