AArya
RUMPUM
animated ellipse animated ellipse

बुद्धोदयद्धारा राहत कोषबाट एक लाख वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ चैत्र २०७९, शुक्रबार २०:३७
126
Shares
विराटनगर / विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।

सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की ६१ वर्षीया शारदा पोखरेलको परिवारलाई मृत्यु राहत कोषबाट आज एक लाख रुपैयाँ राहत कोष वितरण गरेको हो । सहकारीका अध्यक्ष राजेन्द्र खनालसहित सहकारीका पदाधिकारीले राहत रकम मृतकका छोरा विश्राम पोखरेल र बुहारी तारा पोखरेललाई हस्तान्तरण गरे ।

पोखरेलको माघ २७ गते मृत्यु भएको थियो । सहकारीले आफ्नो सदस्यहरुलाई राहत प्रदान गर्ने उद्देश्यले २०७८ सालमा राहत कोष स्थापना गरेको थियो । उक्त कोषमा अहिले ९ लाख रुपैयाँ जम्मा भएको छ । सो कोषाबाट सेयर सदस्यको मृत्यु भए राहत स्वरुप परिवारलाई एक लाख रुपैयाँ हस्तान्तरण गरिने सहकारी अध्यक्ष खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर