AArya
RUMPUM
animated ellipse animated ellipse

दिपेन्द्रसिंह ऐरीको अलराउण्डर पर्दशनले नेपालले जित्यो टी–२० श्रृंखला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ चैत्र २०७८, सोमबार १७:०३
234
Shares
विराटनगर / दिपेन्द्रसिंह ऐरीको अलराउण्डर पर्दशनले राजधानीमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि घरेलु टोली नेपालले जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको आज भएको फाइनल खेलमा पपुवा न्यूगिनी –पिएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ दशमलब १ बलमा सवै विकेट गुमाई १ सय १८ रनमै समेटियो ।

पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाउँदा चाल्र्स अमिनीले १५ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । सेसे बाउले ३८ बलमा ६ छक्का र एक चौका प्रहार गरे ।

पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रसिंह ऐरीले एक्कैले ४ विकेट लिए । करण केसीले ३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । दिपेन्द्रले ४ ओभरमा १८ रन मा दिए ।

दिपेन्द्रको अर्ध सतकले यसअघि टस हारेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेकोे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका लागि आक्रामक ब्याटिङ गरेका दीपेन्द्रसिंहे अविजित ५४ रन बनाउँदा करण केसी ३३ रनमा अविजित रहे । दिपेन्द्रले ३८ बलमा ५ चौका प्रहार गरे भने करणले १२ बलमा १ छक्का र ५ चौका प्रहार गरे ।

दिपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन बनाउँने नेपालको पहिलो खेलाडी भएका छन् ।

आसिफ शेखले २९ रन र कुशल भुर्तेलले २५ रन बनाउँदा रोहित पौडेल २ रन बनाउँदै आउट भए । आरिफ शेख र दिलिप नाथ शून्य रनमा पेभिलियन फर्किए । पीएनजीका लागि सेमो कमिअले ३ विकेट लिँदा चाड सपर, कबुअ मोरेअ र रिले हेकुरेल समान १–१ विकेट लिए ।

मलेसिया र पिएनजी सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपाल अपराजित रह्यो । उसले फाइनलसम्मका सबै पाँच खेल जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर