कटहरीमा सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्रको भवनको शिलान्याश

खबर पूर्वाञ्चल, २३ जेष्ठ २०७७, शुक्रबार २०:४४

विराटनगर / कटहरी गाँउपालिका–५ स्थित सूर्य दल गण थलाहा व्यारेक परिसरमा सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्रको भवन शिलान्याश गरिएको छ ।

व्यारेक परिसरमा रहेको २ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको सर्पदंश प्राथमिक उपचार केन्द्रको भवन शिलान्याश गरिएको हो । एक कार्यक्रमकाबीच कटहरि गाउँपालिकाका अध्यक्ष रामकुमार कामत, जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल साथै सूर्यदल गणका गणपती प्रमुख सेनानी रघुनाथ पौडयालले संयुक्तरुपमा पुजापाठ गरी शिलन्यास गरिएको हो ।

विराटनगर–३ का समाजसेवी राजेन्द्र खनालले सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका हुन् । प्राथमिक उपचार केन्द्र भवनका लागि प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले २० लाख रुपैँया बजेट विनियोजन गरिएको सूर्यदल गणका सहसेनानी क्याप्टेन खड्गबहादुर निरौलाले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५