AArya
RUMPUM
animated ellipse animated ellipse

विपन्न परिवारलाई खाद्य सामाग्री वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०७९, शनिबार १८:१८
135
Shares
धिरज दाहाल
बिराटनगर / लायन्स क्लव अफ बिराटनगर, क्रियटिभ (३२५ सि) ले दिर्घ रोगवाट पिडित विपन्न परिवारलाई शनिवार खाद्य सामाग्री वितरण गरेको छ ।

क्लवका अध्यक्ष सुनिल शिवाकोटीको जन्म दिनको अवसरमा बिराटनगर–१ स्थित सिंघिया खोला किनारको सुकुम्वासी वस्तीमा बसोवास गर्दै आएका सुरेश कामतको परिवारलाई करिव १० हजार वरावरको खाद्य सामाग्री वितरण गरेको छ । लामो समयदेखि शरीर नचल्ने रोगबाट पिडित बनेका कामतको परिवारमा विहान बेलुकी खान नै समस्या भएको जानकारी पाएपछि क्लवले आज एक कार्यक्रमको आयोजना गरी चामल, दाल, तेल, पिठो लगायतका खाद्य सामाग्री वितरण गरेको हो ।

परिवारको मुली नै बिरामी भएर थला परेकाले खानै समस्या भएको जानकारी पाएकाले साथीहरुसँग होटलमा बसेर जन्मदिन मनाउनु भन्दा एउटा विपन्न परिवारलाई सहयोग गरौ भन्ने भावनाले कामत परिवारलाई सहयोग गरेको क्लवका अध्यक्ष सुनिल शिवाकोटीले बताए ।

क्लवले अन्य बिभिन्न समय र बिशेष अवसरमा समेत सहयोग उपलब्ध गराउदै आएको छ । बिराटनगर स्थित बाल आश्रम तथा मानव सेवा आश्रममा समेत क्लवले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै खाद्य सामाग्री तथा औषधीहरु उपलब्ध गराएको छ । चैत्र महिनाको पहिलो सातादेखि सुन्दरहरैचा नगरपालिकाका बिभिन्न वडाहरुमा निशुल्क स्वास्थ शिविर तथा औषधि वितरण कार्यक्रम समेत क्लवले संचालनको तयारी गरेको छ । त्यसैगरी क्लवको सिफारिसमा नोबेल मेडिकल कलेजमा उपचार गर्न जाने बिपन्न परिवारलाई बिशेष छुटको व्यवस्था रहेको सम्झौतासमेत सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर