AArya
RUMPUM
animated ellipse animated ellipse

यूएईमाथि महत्वपूर्ण जित हात पार्दै नेपाल लिग–२ को अंक तालिकामा पाँचौ स्थानमा उक्लियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०७९, सोमबार १९:०८
279
Shares
विराटनगर / आईसीसी क्रिकेट वल्र्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पार्दै नेपाल लिग–२ को अंक तालिकामा युएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।

आज दुबईमा भएको खेलमा नेपालले घरेलु टिम युएईलाई ४२ रनले पराजित गरेको हो ।

जितसँगै एकदिवसीय मान्यता लिग–२ बाटै जोगाउने र विश्वकप छनोटमा पुग्ने सम्भावना जीवित नै राखेको छ ।

अब नेपालले घरेलु मैदानमा हुने सिरिजाका चार मध्ये दुई खेलमा जित हात पारे एकदिवसीय मान्यता जोगाउनेछ भने चारै खेल जिते विश्वकप छनोटमा पुग्नेछ ।

युएईका लागि ओपनिङ ब्याट्सम्यान आसिफ खानले ८२ रन जोडे । ४२ ओभरमा सातौं विकेटको रुपमा खान आउट भएपछि नेपाल जिततर्फ अघि बढेको थियो । उनलाई दिपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।

यस्तै आर्यन लक्राले ५० रन जोड्दा वृत्य अरविन्दले १३ रन बटुले । युएईका अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइआउट भए ।

नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ नेपाललले भीम सार्कीको उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए । आरिफ शेख नटआउट ४३ रन, कुशल मल्लले ३२ रन , सन्दीप लामिछानेले २७ रन बनाए ।

युएईका जुनइद सिद्धिकीले ३ विकेट लिँदा रोहान मुस्ताफा र आर्यान लक्राले २–२ विकेट लिए ।

नेपाल, युएई र पपुवा न्युगिनीबीच अब नेपालमा फागुन २५ देखि लिग–२ को अन्तिम सिरिज हुँदैछ ।

लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ ।

लिग–२ मा च्याम्पियन बनेको स्कटल्याण्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटण्याण्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ ।

पाँचौ स्थानको उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ । युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ । पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ ।

अब नेपालले लिग–२ को शीर्ष तीन स्थानमा पुग्न बाँकी रहेका ५ खेलबाट जित हात पार्नु पर्दा एकदिवसीय मान्यता जोगाउन २ खेलमा जित निकाल्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर