खबर पूर्वाञ्चल
होम स्टे कस्तो हुनुपर्छ ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम वातावरण कसरी बनाउने ? होम स्टेमा आइ सके पछि पाहुना खुशी भएर फेरि फेरि पनि आउने वातावरण कसरी बनाउने भन्ने बिषयमा विद्यार्थीहरुले प्रशिक्षण दिएका हुन्। १२ वटा होम स्टे सॅंञ्चालनमा रहेको उक्त पर्यटकिय क्षेत्र सुनसरीको प्रकाशपुरमा अवस्थित छ ।
यसरी प्रशिक्षण दिने विद्यार्थीहरुमा होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला , लिजा खतिवडा , समीर लावती र लिया खवास रहेका थिए ।
कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर शुभम भट्टराईका अनुसार विद्यार्थीहरुलाई समय समयमा यस्ता कार्यक्रमहरुमा सहभागी गराउने गरेको र पढाइसगै सिकाइलाई समेत एस्पायरले विशेष ध्यान दिने भएकाले यस्ता कार्यक्रमहरुलाइ कलेजले प्राथमिकतामा राखेको बताए ।
एस्पायर कलेजका प्रिन्सिपल सिएम बस्नेतको नेतृत्वमा गएको टोलीले होम स्टे सञ्चालकहरुलाई सहजीकरण गरेको र उक्त प्रशिक्षण लाभदायक रहेको स्थानीयले बताएको बस्नेतले जानकारी दिए।
कार्यक्रममा काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेनेजमेण्टमा एमविए अध्ययनरत विद्यार्थीहरू निसान्त तिमल्सिना, आदित्य आचार्य, जेसिका राजलावत, अस्मिता सुवेदी र संगिता भुर्तेलले होम स्टे कसरी व्यस्थापन गर्ने, लेखा कसरी राख्ने तथा बजारीकरण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण गराए । उक्त कार्यक्रमबाट २५ जना भन्दा बढी व्यावसायीहरू लाभान्वित भएका छन् ।