AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल प्रेस युनियन प्रदेशको संस्थापक अध्यक्षमा नवोदित निर्विरोध निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७९, सोमबार ११:३६
144
Shares
विराटनगर/ नेपाल प्रेस युनियन प्रदेश–१ को संस्थापक अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश–१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् ।

नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला तामाङ (उदयपुर), समावेशी उपाध्यक्षमा शारदा तामाङ (भोजपुर), महासचिवमा संजीव वाग्ले (सुनसरी), सचिवमा सरोज निरौला (उदयपुर), महिला सचिवमा सरला रेग्मी (पाँचथर), समावेशी सचिवमा विनय वाराकोटी (सुनसरी) र कोषाध्यक्षमा कविराज घिमिरे (धनकुटा) निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, प्रकाश पास्तावा, शिखरजंग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी चयन भएका छन् ।

प्रथम अधिवेशनले संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फूँयाललाई सदस्यमा चयन गरेको छ । यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम सर्वसम्मत निर्वाचित भए । लेखा समितिको सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष नवोदितलगायत पदाधिकारीहरूलाई नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, उपमहासचिव अभयकुमार राई, सचिव रेजिना गौतम, पूर्वउपाध्यक्ष शेखर रेग्मी, पत्रकार महासंघका प्रदेश अध्यक्षसमेत रहेका निर्वतमान प्रदेश संयोजक लीलाबल्लव घिमिरे, प्रदेश अधिवेशन प्रतिनिधि दामोदर दवाडी, युनियनका नेता नविनबाबु राईलगायतले धाई तथा शुभकामना दिएका थिए । सो अवसरमा निर्वाचन समितिले गरेको माइन्यूटसमेत नवनिर्वाचित अध्यक्ष नवोदितलाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर