खबर पूर्वाञ्चल

सोलरबत्तीलगायतका एक दर्जन बढी बस्तुहरू प्रर्दशनीमा राखेका थिए । विद्यार्थीहरूले बनाएको कलात्मक चित्रहरू पनि प्रर्दशनीमा राखियो । विद्यार्थीहरूले राष्ट्रिय जनवारदेखि, राष्ट्रिय फुललगायतका विभिन्न बस्तुहरुको चित्र बनाएर प्रर्दशनीमा राखेका थिए ।
सोही अवसरमा विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरी थप रमाईलो गरेका थिए । कार्यक्रममा अभिभावकहरूको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा समन्य इकाइ मोरङका उपसचिब शिवप्रसाद घिमिरले गुणस्तरीय शिक्षा सँगै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए । कार्यक्रममा विराटनगरका वडाअध्यक्षहरु मधुवावु तिवारी र राम पोखरेल, अभिभावक संघ मोरङका अध्यक्ष खगेन्द्र भट्टराईलगायतको उपस्थतीति रहेको थियो ।