AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरका मेयर कोइराला मलेसिया प्रस्थान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०७९, सोमबार १५:२९
846
Shares
विराटनगर / सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन् ।

तीन दिने सिटीनेटको नेशनल कंग्रेसमा सहभागी हुन मेयर कोइराला आज मलेसिया प्रस्थान गरेका हुन् । विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । सिटीनेटमा एसिया प्यासिफिक राष्ट्रहरूको प्रमुख सहरका महानगर र नगरपालिका सदस्य रहेका छन् ।

नेशनल कंग्रेसअन्तर्गत सिटीनेटको कार्यकारिणी समितिको निर्वाचनसमेत हुनेछ । सिटीनेटमा विभिन्न मुलुकका सहरका मेयरहरूको सहभागिता हुने भएकाले भ्रमण उपलब्धिमूलक हुने मेयर कोइरालाले प्रतिक्रिया दिए । “मेयरहरुको सञ्जाल सिटीनेटमा विराटनगर महानगर सदस्य भएकाले सम्मेलनमा सहभागी हुँदा उपलब्धिमूलक नै हुनेछ,” मेयर कोइरालाले भने, “त्यहाँ रहँदा विभिन्न देशबाट आउने मेयरहरूसित स्थानीय तह सञ्चालनका अनुभव आदान प्रदानसमेत हुनेछ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर