खबर पूर्वाञ्चल
उनीहरुले मुलुकमा रहेका उद्योगहरुको मागका आधारमा युवाहरुलाई तालीम एवं शिप प्रदान गर्न स्थानीय पालिकाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
विराटनगर महानगरपालिका र जय नेपाल होटल म्यानेजमेण्ट एण्ड टेक्नोलोजी विराटनगरले आज विराटनगरमा आयोजित उद्यमीशिलता विकास सम्वन्धी सरोकारवालाहरुसँग छलफल एवं गोष्ठीमा सहभागीहरुले तालीमले आय आर्जनमा वृद्धि र मुलुकको दिगो विकासमा मद्दत पुग्ने धारणा राखेका छन् ।
महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले वेरोजगारी अन्त्य गरी स्वरोजगार र उद्यमीशिलता बनाउन आवश्यक पर्ने तालीम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरिन् ।
गोष्ठीमा जय नेपालका सञ्चालक मोहम्मद इर्साद अन्सारीले कार्यपत्र प्रस्तुत गर्दे वेरोजगारी न्यूनिकरण गर्न स्वदेश तथा विदेशमा आवश्यक पर्ने विभिन्न प्रकारका तालीमहरु प्रयोगात्मक रुपमा सञ्चालन गरिरहेको जानकारी दिए ।
आस्मान नेपालका पुष्पकुमार पोखरेलले उद्यमीशिल विकास सम्वन्धी अवधारण पत्र प्रस्तुत गर्दै सूचनाको अभावका कारण युवाहरुले रोजगारी नपाउने गरेको बताए ।
गोष्ठीमा महानगरका विभिन्न वडाका वडाअध्यक्ष,साना तथा घरेलु उद्योग, गार्मेण्टका सञ्चालक, विभिन्न होटल व्यवसायीहरुको सहभागिता थियो ।