खबर पूर्वाञ्चल
विराटनगरमा आज सम्पन्न भएको नेपाल निजामती कर्मचारी युनिय प्रदेश कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रमबाट ४१ बुद्धे घोषणा पत्र जारी गरेका हुन् ।
कर्मचारी युनियनले जारी गरेको घोषणा पत्रमा संघीय निजामती सेवा ऐन अनिवार्य जारी गर्न माग राखेका छन् । उनीहरूले भाद्र १९ गतेसम्म संघीय निजामती सेवा ऐन अनिवार्य रूपमा जारी गर्न जोडदार माग गरेको नेपाल निजामती कर्मचारी युनियन प्रदेश १ का अध्यक्ष मानबहादुर वनले जानकारी दिए । भदौ १९ गतेसम्म राज्यले निजामती सेवा ऐन जारी नगरे भदौ २२ गते मनाइने निजामती सेवा कार्यक्रम बहिस्कार गर्ने उनीहरूले चेतवनी दिएका छन् ।
यसैगरि सेवा समूहका कर्मचारीहरूलाई सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था गर्ने पहल गर्ने घोषणा पत्रममा उल्लेखछ । यस्तै समायोजन ऐन, २०७५ अनुसार संघ प्रदेश र स्थानीय तहमा बिना सहमती सरुवा हुने काुनी व्यवस्था गर्न पहल गर्ने, कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक तथा पुर्वानुमानयोग्य बनाउन चक्रीय प्रणालीको व्यवस्था गर्नुपर्ने साथै कर्मचारी स्वेच्छिक अवकास योजना पुन कार्यन्वयन गराउनुपर्नेलगायतको माग घोषणा पत्रमा उल्लेख गरेको छ । यसैगरि सरकारी कामको शिलशिलमा विभिन्न कारणले मृत्यु भएका कर्मचारीलाई राष्टसेवक शहिद घोषणा गरी उनीहरुको परिवारलाई रोजगार व्यवस्था गर्न पहल गर्ने, एक महिनाको तलब बराबरको भत्ता सहित १५ दिनको पर्यटन विदाको व्यवस्था र कार्यान्यवन गर्न पहल गर्नेलगायतको माग घोषणा पत्रमा उल्लेख छ ।