खबर पूर्वाञ्चल
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज विहानसम्म करिव ६९ हजार मतगणना हुँदा कोइरालालले एमालेका सागर थापालाई ५९३० मतान्तरले पछि पारेका छन् । कोइराल २३२६९ मत ल्याउँदा थापाले १७३३९ मत ल्याए । स्वतन्त्र उम्मेदवार उमेश यादवले ७०७२ मत र राप्रपाका प्रह्लाद साहले ४४३९ मत प्राप्त गरे ।
उपमेयरमा एमालेकी शिल्पा ८७०२ मतान्तरले उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई पछि पारेकी छिन् । शिल्पाले २०१४५ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अमरेन्द्रले ११४४३ मत प्राप्त गरे । राप्रपाकी बिन्दाकुमारी लुइँटेलले ५३८२ मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४१८५ मत पाएकी छिन् ।