खबर पूर्वाञ्चल
प्रारम्भिक नतिजा अनुसार ३ सय मत गणना हुँदा एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मत सहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेद्वार राम थापाले १२० मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ ।
उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनकी रेगिना भट्टराईले १३२ मत ल्याउँदा एमाले उम्मदवार अम्बिका खनालले ११० मत पाएका छन् ।
वडाध्यक्षमा एमालेकै हरी नेउपानेले १४१ मत सहित अग्रता लिएका छन् । गठबन्धनका तारा अधिकारीले १३२ मत ल्याएका छन् ।