खबर पूर्वाञ्चल
चिकित्सा शिक्षा आयोगले आंगिक क्याम्पस स्कुल अफ हेल्थ साईन्समा बि.एम.एल.टि. कार्यक्रलाई यसै शैक्षिक सत्रबाट स्वीकृति दिएको छ । पहिलो व्याचमा १० जना विद्यार्थीहरु भर्ना हुने चिकित्साशास्त्र संकायका डीन डा. शैलेशमणि पोखरेलले जानकारी दिए ।
स्कुल अफ हेल्थ साईन्सेज ९ बर्ष अघि स्थापाना भइ नर्सिङ, जनस्वास्थ्य र फार्मेसी बिषयमा स्नातक र स्नातकोत्तर कक्षाहरु संचालन हुदै आएको छ ।
एम.बि.बि.एस.कार्यक्रम संचालनको लागि पाठ्यक्रममा बनिसकेको छ । विश्वविद्यालयले एम.बि.बि.एस.कार्यक्रम संचालनको लागि कोशी अस्पताल लाई समेत प्रयोग गर्ने गरि मन्त्री परिषदबाट स्वीकृतको लागि प्रक्रिया अगाडी बढाएको छ । गत चैत्र ७ गते प्रधानमन्त्री शेर बहादुर देउवा सुन्दरहरैचा नगर भवनको शिलान्यास कार्यक्रमममा आफ्नो मन्तव्यमा समेत पूर्वाञ्चल विश्वविद्यालयमा एम.बि.बि.एस. कार्यक्रम सन्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयको दशौं दिक्षान्त समारोहमा भाग लिन वैशाख ४ गते गोठगाउ“ आएका शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि पूर्वाञ्चल विश्वविद्यालयको एम. वि. वि. एस. कक्षा सन्चालन गर्न प्रतिबद्ध रहेका थिए । यसअघि फागुनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल र राष्ट्रिय सभा सदस्य रमेश जङ रायमाझी समेतको टोलिले पूर्वान्चल विश्वविद्यालयमा एम.बि.बि.एस. संचालकको लागि आवश्यक बजेट तर्जुमा गर्न अध्ययन गर्न स्थलगत निरिक्षण सम्पन्न गरिसकेको छ । उच्च तहबाटै प्रतिवद्धता प्राप्त भएको र विश्वविद्यालयले समेत आवश्यक तयारी गरिसकेको हुनाले आउदो शैक्षिक बर्ष बाटै एम.बि. बि.एस. कक्षा संचालन हुने निश्चित भएको हो ।
एम.बि.बि.एस. कार्यक्रमको लागि बेसिक साईन्स तर्फको अधिकांस पुर्वाधार तयार गरिसकेको र थप पुर्वाधार बिकासलाई तिव्र गतिमा अगाडि बढाएको भनिए तापनि यसै परिसरमा रहेको अस्पताल व्यवस्थित गर्न भने सकेको छैन । आफ्नै अस्पताल व्यवस्थित नगर्ने तर कोशी अस्पतालसंग समन्वय गरेर निति कति प्रभावकारी होला ? भन्ने प्रश्न भने खडाभएको छ ।
कोभिड १९ को पहिलो चरणको महामारीको समयमा प्रदेश न १ स्तरिय कोभिड आईसोलेसन अस्पताल पूर्वान्चल विश्वविद्यालयले सन्चालन गरेको थियो । उक्त अस्पताल बाट १२५० भन्दा बढी बिरामीहरुको उपचार गरेको थियो । सो भवनलाई पुननिर्माण गरिएको र त्यसैलाई प्रयोग गरि १०० बेडको जनरल अस्पताल सन्चालनको अन्तिम तयारीमा रहेको रहेको विश्वविद्यालयले जनाएको छ ।