animated ellipse animated ellipse

विराटनगरमा ८६ सहित प्रदेश १ मा थपिए १ सय ३ संक्रमित,प्रदेशमा संक्रमितकाे संख्या २ हजार नाघ्याे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३२ श्रावण २०७७, आईतवार १७:०६
783
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ८६ सहित प्रदेश १ मा आज १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ३ थपिएसँगै प्रदेशक् १ मा संक्रमितको संख्या २ हजार १० पुगेको छ ।

विराटनगरमा थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । ८६ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५ सय ६६ पुगेको छ । विराटनगरमा संक्रमण पुष्टि भएकामध्ये ८६ जना कोरोनामुक्त भइसकेका छन् भने ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार विराटनगर–२ तीनपैनीकी ५० वर्षीया महिलाको मृत्यु भएको छ ।

विराटनगर बाहेक मोरङको बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ जनामा संक्रमण देखिएको छ । तयस्तै खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर