AArya
RUMPUM
animated ellipse animated ellipse

इलाममा गठबन्धन भन्दापनि दुई राजनीतिक दल नेपाली कांग्रेस र एमालेबीच नै स्पर्धा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७९, शनिबार १९:१४
171
Shares
ईलाम / ईलाम नगरपालिकामा स्थानीय निर्वाचनको सरगर्मी बढ्दो रहेको छ । विगतमा नेकपा एमालेले नगरपालिकाको मेयर उपमेयरमा जित हासिल गरेपनि यसपटक जितको निरन्तरता कायम राख्न चुनौतिपूर्ण देखिएको छ ।

विगतको स्थानीय सरकारले सुविधा सम्पन्न बजारक्षेत्रलाई केन्द्रीत गरेर काम गरेको गुनासो इलाम वडा नम्बर ४ का स्थानीयबासिको रहेको छ ।

नेपाल पत्रकार महासंघ इलामका पूर्वसभापति सोमनाथ सुुसेलीका अनुसार इलाममा गठबन्धन भन्दापनि मुख्य दुई राजनीतिक दल नेपाली कांग्रेस र एमालेबीच नै स्पर्धा हुनेछ । २०७४ सालमा एमालेले इलामको नेतृत्व गरेपनि विकास निर्माण बजार क्षेत्रमात्र केन्द्रित रहेको बताएका सुसेलीले नगरका २,३,४, ११, १२ जस्ता वडा अझैपनि दुर्गमकै रुपमा परिचित रहेको प्रस्टाउछन् ।

सडकको ब्यवस्था उचित नहुँदा स्थानीय तहको उत्पादनलाई बजारसम्म पुराउन जनताले सकस ब्यहोर्नुपरेको बताएका उनले भने, ‘हिजोको स्थानीय तहले सुविधा सम्पन्न क्षेत्रमा सुविधा थपेको छ। विकास बजार केन्द्रित गरेको छ। तर, ग्रामीण भेगका जनता आफ्नो दैनिकीदेखि उत्पादनलाई बजारसम्म पुराउन सकिरहेका छैनन । यसविषयमा हालका मेयर उम्मेदवारहरु जानकार समेतछन्।’

्राजनीतिक, सञ्चारदेखि सामाजिक क्षेत्रमा समेत लामोसमय सक्रिय गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार केदार थापाले जनभावनालाई पकड गर्न सक्ने सुसेलीको बुझाई छ।

नगरमा विकासप्रेमीका रुपमा परिचित थापा स्वच्छ खानेपानी र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरणमा केन्द्रीत रहदै आएको बताउँछन्। इलाममा रोजगारीको उचित ब्यवस्थापनसंगै आर्थिक पाटोमा समेत नगरवासीलाई राहत हुने काम गर्ने बताएका थापाले नगरलाई भ्रष्ट्राचारमुक्त बनाउने प्रतिवद्धता ब्यक्त गर्छन् । उनी भन्छन्, ‘नगरभित्र सुशासन कायम राख्न, शान्ति सुरक्षा, स्वास्थ्य क्षेत्र, खानेपानी उपलब्ध, शिक्षामा काम गर्नुपर्नेछ। विगतको सरकारले के गर्यो गरेन् भन्दापनि हाम्रो दलले भोलीका दिनमा सर्वसाधारणमा प्रत्यक्ष अनुभूत हुनेगरि काम गर्नेछ। नगरको सौन्दर्यता कायम राख्दै स्वच्छ हराभरा ईलाम बनाउनेछ।’
स्नाकोत्तर पुरा गरेका थापाको नेतृत्वमा सुख्खाग्रस्त ईलाममा खानेपानीको ब्यवस्था भएको छ ।

सन्दकपुरबाट करिब ४० किलोमिटरको दुरी तय गर्दै इलामसम्म खानेपानीको ब्यवस्था गरेका थापा भन्छन्, ‘विगतमा खानेपानीको हाहाकारलाई चिर्न सफल भएकाछौ। सन्दकपुरको तीनटा गिताङ, राते र मेवा खोलाबाट इलामबासीका लागि स्वच्छ खानेपानीको ब्यवस्था गरेकाछौ। काम गर्छौ र गरेको काममा इलामबासीले विश्वास गरेकाछन् ।’

यससंगै थापा अनावश्यक कर हटाउने, स्वच्छ खानेपानी, महेन्द्र रत्न बहुमुखी क्याम्पको गुणस्तर सुधार, इलाम अस्पतालमा विशेषज्ञ चिकित्सक व्यस्थापन, लक्षित वर्गलाई सेवा सुविधामा सहुलियतका विषयमा जनतालाई सुविधा दिने प्रतिवद्धता जाहेर गर्छन् ।

खानेपानी समस्या समाधानमा मात्र नभएर उनी जिल्ला अस्पताल इलामको अस्पताल विकास समितिको अध्यक्षमा समेत रहेर काम गरेका अनुभव भएको बताउँछन्। थापा भन्छन्, ‘अस्पताललाई स्तरोन्नती गर्ने कार्य सबै इलामबासीको अगाडी रहेको छ। पहिले अस्पताल कस्तो थियो र अहिले अस्पतालमा उपचार अवस्था कस्तो रहेको छ। जनताले सहज रुपमा स्वास्थ्य पाउन सकेकाछन्।’

यसअघि, २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालिन जिल्ला सभापति हिमालयन कर्मचार्यलाई १ हजार ७ सय ७९ मतान्तरले हराउँदै एमालेका महेश बस्नेत नगर प्रमुख बनेका थिए। हाल इलाममा कांग्रेसलाई माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादीको साथ रहेको छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर