पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका सभाहलमा आज एक कार्यक्रम आयोजना गरि उक्त पोर्टल संचालनमा ल्याएको हो । गृह मन्त्रालयले तयार परेको सो विपद व्यवस्थापनको पोर्टलको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले गरे ।
उक्त पोर्टलमा ३९ प्रकारका विपदका घटनाहरू समावेश गरिएको छ । विराटनगर महानगरपालिका भित्र घटेको विपदका घटनाहरूको साथै अस्पताल, शैक्षिक संघसंस्थाहरुको पनि अभिलेखकरण गरेर राखेको छ ।
विपद व्यवस्थापन सम्बन्धी कुनैपनि सूचना आवश्यक परेका biratnagarmun.bipadportal.gov.np मा गएर हेर्न सकिनेछ । यस पोर्टलको लागि महानगरपालिकाले अर्चना कर्णलाई फोकल पर्सन तोकेको छ ।
विपद पोर्टलले दिएको सूचनाको माध्यमबाट सहज रुपमा सूचना लिन र रणनीति योजना बनाउन सहज हुने विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले बताए । उनले विपद व्यवस्थापन गरिन महानगरपाकिाले गुरूयोजना तयार गरेर अगाडी बढेको जानकारी गराए । यस्ता पोर्टलले महानगरबासीलाई सूचना लिन सहज हुने प्रमुख पराजुलीको भनाई छ ।