animated ellipse animated ellipse

पार्टीका स्थापित एजेण्डालाई जनता समक्ष लैजान्छौं : अध्यक्ष दाहाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ श्रावण २०८१, मंगलवार १९:१६
45
Shares
विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि आफ्ना भूमिका गम्भीर रुपले जनतामाझ राख्ने बताएका छन् ।

पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन पछि उपस्थित पत्रकारलाई सो कुरा उनले बताएका हुन् । अध्यक्ष दाहालले पार्टीका स्थापित एजेण्डालाई जनता समक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागि पर्ने बताए ।

वर्तमान सरकारका सम्बन्धमा गरेको जिज्ञासामा उनले भने ,‘ हेर्दै जाउँ अगाडि के के हुन्छ ।’ उनले थप कुरा केही पनि बोल्न चाहनु भएन । कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकमा सहभागि हुन अध्यक्ष दाहाल हिजो विराटनगर आउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर