AArya
RUMPUM
animated ellipse animated ellipse

मेयरको टिकट नपाए पछि जसपाका नेता उमेश यादवले पार्टी छाडे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० बैशाख २०७९, शनिबार १८:०८
2.5k
Shares
विराटनगर / विराटनगर महानगरपालिकामा मेयरको टिकट नपाए पछि जनता समाजवादी पार्टीका नेता उमेश यादवले पार्टी छाडेका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि जसपाबाट विराटनगरको मेयरको दाबेदार यादवले पार्टी छाडेका हन् ।

सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस र उपमेयर जसपाको भागमा परेको थियो ।

मेयरको दाबेदार यादव विराटनगरमा गठबन्धन नगरी जसपा एक्लै लड्नुपर्ने पक्षमा थिए । पार्टीबाट मेयरको टिकट नपाएपछि उनले सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । उनले आफू स्वतन्त्र बस्ने बताए ।

मोरङका प्रभावशाली नेता रहेका यादवले विराटनगरमा पार्टी बलियोे अवस्थामा हुंदा समेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पदमा छोडकोमा विरोध गरे । उनले पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदा रहदै प्रमुख पद छाडेको विरोधस्वरुप पार्टी त्याग गरेको जानकारी दिए ।

नेता यादवले गठवन्धनबाट कार्यकर्तालाई ठूलो धोका पाएको भन्दै भोलि महानगर प्रमुखको पदमा स्वतन्त्रको रुपमा उम्मेदवारी दिने घोषणा समेत गरे । यादवले विसं २०७४ महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिइ तेश्रो स्थान ल्याएका थिए ।

जसपा नगरसमितिले उमेश यादव, जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रसहित ८ जनाको नाम हिजो सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर